मतगणना भइरहेका ४ स्थानको नतिजा आउन बाँकी

सोमबार, १२ मंसिर २०७९
मंसिर ४ गते भएको निर्वाचनको प्रत्यक्षतर्फ मतगणना भइरहेका ४ स्थानको नतिजा आउन बाँकी रहेको छ । जसमा नेपाली कांग्रेसको ३ स्थानमा अग्रता छ भने एकमा एमालेले अग्रता कायम गरेको छ । यस्तै बाजुरा, स्याङ्जा २ र दोलखाको मत मतगणना भएको छैन । बुथ कब्जा भएको पाइएपछि दोलखाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गते निर्वाचन हुने भएको छ भने बाजुरामा मतगणना हुन सकेको छैन । मतदानका क्रममा भएको झडपपछि दुई जनाको मृत्यु भएपछि त्यहाँ तनाव हुँदै आएको छ । यस्तै स्याङ्जामा बुथ कब्जा भएको दाबीका बीच आयोगले निर्णय गरिसकेको छैन । हालसम्म मतगणना भइरहेका ४ स्थानमध्ये उदयपुर १ मा कांग्रेसका नारायण खड्काको अग्रता छ । यसतै धनुषा २ मा कांग्रेसकै महेन्द्र यादव तथा सुनसरी ४ मा ज्ञानेन्द्र बहादुर कार्कीको अग्रता छ । यस्तै सुनसरी ३ मा एमालेकी भगवती चौधरीको अग्रता छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार