काठमाडौँ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य बिहीबार भने घटेको छ । आज एकै दिन सुन प्रतितोला सात सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ । यसअघि बुधवार १ लाख ६६ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेको छ । बुधवार तोलामा २१ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले घटेर २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया