लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य स्थिर

शुक्रबार, ०९ कार्तिक २०८१
काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य शुक्रबार भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ । यसअघि बिहीबार पनि सुन सोही मूल्यमा कारोवार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि २५ रूपैयाँले घटेको छ । बिहीबार तोलामा २ हजार ९५ रूपैयाँमा कारोवार भएको चाँदी आज २५ रूपैयाँले घटेर २ हजार ७० रूपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार