जोगमाई खोलामा ट्रक खस्दा दुई जना गम्भीर घाइते

शनिबार, १० कार्तिक २०८१
इलाम : सूर्योदय नगरपालिका १० मा पर्ने एक खोलामा ट्रक झर्दा दुई जना घाइते भएका छन् । जोगमाई खोलामा ट्रक दुर्घटना हुँदा चालक सूर्योदय नगरपालिका १०, रम्फोकका अन्दाजी ३०/३१ वर्षीय अमर पौडेल र सहचालक माइजोगमाई ३ का अन्दाजी १८/१९ वर्षीय सुवास थामी गम्भीर घाइते भएका हुन् । आज बिहान गोलिया बोकेर नामसालिङबाट फिक्कलतर्फ जाँदै गरेको मे १ ख १९६६ को  ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । गम्भीर घाइते दुवै जनाको झापाको बिएन्डसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । ट्रक सडकबाट करिब आठ सय मिटर तल पर्ने खोलामा झरको जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार