सुनको भाउ हालसम्मकै उच्च, तोलाको कति ?

बुधबार, १४ कार्तिक २०८१
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बुधबार नयाँ रेर्कड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ७० हजार  ७ सय रुपैयाँ तोकेको छ । आज सुन प्रतितोला २२ सय रूपैयाँले बढेको हो । यसअघि मंगलबार सुन १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ । मंगलबार तोलामा २ हजार १ सय ५ रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले बढेर २ हजार १ सय २० रूपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार