काठमाडौँ : साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले चुमेको छ । बंगलादेशले २–१ गोल अन्तरले नेपाललाई पराजित गर्दै उपाधि चुमेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशले घरेलु टोली नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
यसअघि ५२ औँ मिनेटमा बंगलादेशकी मोनिका चक्माले नेपालविरुद्ध १ गोल गर्दै अग्रता लिएको थियो । नेपालका लागि अमिषा कार्कीले ५६ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याइन् ।
तर, बंगलादेशका लागि ८१ मिनेटमा ऋतु चक्माले गोल गरिन्। उनले कर्नर एरियाबाट दोस्रो बार च्याप्दै हानेको प्रहारलाई नेपालकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले रोक्न सकिनन्।
प्रतिक्रिया