तोलमा २८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

मंगलबार, २० कार्तिक २०८१
काठमाडौँ:  लगातार बढेर नयाँ-नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य २८ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला २८ सय रुपैयाँले घटेर १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको हो। यसअघि, कात्तिक १५ गते छापावाल सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँ कायम रहेको थियो। यो नै हालसम्मकै उच्च मूल्य हो। यता, आज चाँदीको भाउ पनि प्रतितोला ६० रुपैयाँले घटेर २ हजार ३० रुपैयाँ कायम भएको छ। यसअघि कात्तिक १५ गते चाँदीको भाउ प्रतितोला २ हजार ९० रुपैयाँ रहेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार