पोखरामा रास्वपाका कार्यकर्तामाथि अश्रुग्यास प्रहार

मंगलबार, २० कार्तिक २०८१
काठमाडौं- पार्टी सभापति रवि लामिछाने पक्राउको विरुद्धमा आन्दोलनरत रास्वपाका कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेकोछ। आज सभापति लामिछानेलाई तेस्रो पटकम्याद थपका लागि कास्की प्रहरीले  हिरासतबाट जिल्ला अदालतमा लगेपछि रास्वपाका कार्यकर्ताहरु सडकमा उत्रिएका छन्। आन्दोलनरत रास्वपाका कार्यकर्ताहरुले आक्रोशित हुँदै निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । पोखराको बाइचोकबाट निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार