सुनकाे भाउ उकालाे लाग्याे, कतिमा हुँदैछ काराेबार ?

बुधबार, २१ कार्तिक २०८१
काठमाडाैं । बुधबार सुनको भाउ केही बढेको छ । कात्तिक १५ बिहीबारपछि मंगलबार खुलेकाे बजारमा सुनको भाउ तोलामा २ हजार ८ सयले घटेको भएपनि बुधबार भने तीन सयले बढेकाे हाे । मंगलबार १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएकाे सुन आज १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउमा भने गिरावट आएको छ । मंगलबार २ हजार ३० रुपैयाँमा कारोबार भएकाे चाँदी आज भने ताेलाकाे २ हजार १५ रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार