सुनसरी क्षेत्र नं ४ को मतगणना आज १ बजे बाट सुरु हुने भएको छ । शनिबार साँझदेखि स्थगित भएको मतगणना सुचारु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि मतगणना सुरु हुन लागेको हो ।
राजनीतिक दलबीच सहमति कायम हुन नसक्दा अहिलेसम्म पनि मतगणा हुन सकेको थिएन ।
मतगणनाका क्रममा आयोगले नै ६ सय ६ मत एमालेतर्फ जोडेको कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुुर कार्कीले आरोप लगाएका थिए । विवाद उत्पन्न भएपछि पटक पटक सर्वदलीय बैठक बसेको थियो । बैठकमा सर्वदलीय सहमति हुन नसकेपछि निर्वाचन आयोगको निर्णयको प्रतीक्षा थियो ।
काङ्ग्रेसका उम्मेदवार कार्कीले २३ हजार चार सय ३९ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतले २३ हजार तीन सय ४१ मत पाएका छन् । कार्की कुसियतभन्दा ९८ मत अगाडि रहेका छन् । यस क्षेत्रमा जम्मा ८१ हजार दुई सय ३३ मत खसेको छ ।
प्रतिक्रिया