सहकारी ठगी प्रकरणमा धनराज गुरुङसँग सिआइबीले लियो बयान

बुधबार, २८ कार्तिक २०८१
काठमाडौँ : सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बयान लिएको छ। बुधबार दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म बयान लिएको हो। सिआइबीका प्रमुख एआइजी दीपक थापाले उपसभापति गुरुङसँग बयान लिएको पुष्टि गरे । बयानका क्रममा उपसभापति गुरुङले सहकारीको पैसा हिनामिना नभएको बताएका थिए। उनले अनुसन्धानमा सहयोग गर्ने पनि बताए। ‘सिआइबीले उहाँसँग सोधपुछ गरेको छ, कागज गरेको छ’ एआइजी थापाले भने। सीआइबीले गुरुङलाई मितेरी सहकारीको रकम हिनामिनाको आरोप सम्बन्धी बयान लिएको हो । गुरुङकी श्रीमती ज्योति गुरुङ २०५७ सालदेखि सहकारीको कर्मचारी रहेको र २०७५ सालमा कार्यकारी प्रमुख रहेकी थिइन् । ज्योति गुरुङको नाममा सहकारीबाट १ करोड १३ लाख ऋण प्रवाह भएको थियो। ज्योतिले १ करोड १३ लाख तिरेको देखिए पनि ८४ लाखको दायित्व धनराजले लिएका थिए। धनराज आफैले ज्योतिसँग सम्बन्ध विच्छेद हुँदा ज्योतिले सम्पत्ति नलिने र धनराजले सहकारीको ऋण तिर्ने सहमति भएको गुरुङले बयान दिएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार