इटहरी : नेकपा एमाले इलामको नेतृत्व चयनका लागि अहिले मतदान जारी छ ।
११ औँ जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान जारी भएको हो । अध्यक्षका लागि गणेश बराल र नरेन्द्रनाथ भट्टराई प्रतिस्पर्धामा छन् ।
यस्तै, उपाध्यक्षमा उदयबहादुर राई, उमेश गुरुङ र बुद्धिप्रसाद खनालले मनोनयन दर्ता गराएका छन् । सचिवमा रवीन्द्र सुवेदी र प्रकाश अधिकारीले मनोनयन दर्ता गराएका छन् ।
एक महिलासहित दुई उपसचिव पदका लागि विष्णुमाया आचार्य रिमाल, दिलकुमारी लावती, यामबहादुर राई, मानवीर लुहागुन, रमेशकुमार राई र छवि श्रेष्ठ मैदानमा छन् ।
निर्वाचनमा ५८७ प्रतिनिधिले मतदान गर्नेछन् ।
प्रतिक्रिया