इटहरी दुर्घटना अपडेट: मृतकको खुल्यो पहिचान, बस जलेर ध्वस्त, अवस्था तनावग्रस्त

आइतबार, ०२ मंसिर २०८१
इटहरी : इटहरीको खनार नजिकै शान्ति चौकमा बसको ठक्करबाट मृत्यु हुनेको पहिचान खुलेको छ । मृत्यु हुनेमा इटहरीको जनता मावि कक्षा ९ मा अध्ययनरत सम्झना यादव रहेको प्रहरीले जनाएको छ । इटहरी बाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना गराएर भागेको बसलाई सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै स्थानीयले आगो लगाएका छन् । आगजनीबाट बस पूर्ण रूपले जलेको छ । दुर्घटनापछि आक्रोशित बनेका स्थानीयले बसलाई खनार चोकमै रोकेर आगो लगाएका हुन् । बसमा आगजनी हुन थालेपछि यात्रुहरू निस्किएर भागेका थिए । अहिले यस क्षेत्रमा अवस्था तनावग्रस्त बनेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार