देउमाई नगर तरुण कप प्रतियोगिताको दोस्रो संस्करण पुषमा हुने

आइतबार, ०९ मंसिर २०८१
मङ्गलवारे : देउमाई नगर वडा स्तरीय तरुण कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी पुष १ गतेबाट हुने भएको छ । 'हाम्रो गोल, लागुऔषध दुर्व्यसनी विरुद्धको बोल' भन्ने मूल नारा सहित प्रतियोगिता नेपाल तरुण दल देउमाई नगर कार्य समितिले आयोजना गरेको हो । प्रतियोगिताको विजेतालाई नगद ५५ हजार पाँच सय ५५ सहित नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र वितरण गरिने छ । त्यस्तै दोस्रो हुने टिमलाई नगद ३३ हजार तीन सय ३३ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक समिति नेपाल तरुण दल देउमाई नगर कार्य समितिका अध्यक्ष विमल खम्बुले जानकारी दिए । त्यस्तै उदयमान खेलाडी, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्तालाई समेत पुरस्कृत गरिने जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि प्रायोजक तथा सहयोग सङ्कलन भइरहेको बताइएको छ । गएको वर्ष अर्थात् प्रथम संस्करणका लागि छ लाख ४२ हजार पाँच सय दुई रुपैयाँ खर्च भएको थियो । यस वर्ष पुरस्कार राशि समेत वृद्धि गरिएकाले प्रतियोगिता सम्पन्न गर्न खर्च बढ्ने अनुमान गरिएको छ । प्रतियोगितामा देउमाई नगरपालिकाका ९ वटा वडाका ९ टिम आयोजक समितिका बिनम ढकालले जानकारी दिए । प्रतियोगिता देउमाई नगरपालिका ४ स्थित भानुभक्त माविको छात्रावास खेलमैदानमा भएको थियो । प्रतियोगिताको मेडिकल पाट्नरका रूपमा देउमाई नगरपालिका स्वास्थ्य शाखा रहने छ । प्राविधिक सहयोग जिल्ला फुटबल सङ्घले बताइएको छ ।

प्रतिक्रिया

टीका खतिवडा
लेखकको बारेमा
टीका खतिवडा

इलामबाट पत्रकारिता गर्ने खतिवडा, प्रदेश खबरका लागि समेत कलम चलाउँछन् ।

सम्बन्धित समाचार