मोरङ : मोरङको पथरीमा लहरीको ठक्करबाट मोटरसाइकलमा सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ ।
आज (सोमबार) बेलुका ७ बजेतिर पथरीशनिश्चरे नगरपालिका १ पश्चिम बस स्टेण्ड नजिकै दुर्घटना भएको हो ।
पूर्व–पश्चिम राजमार्गमा बेलबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्र–१–०२–०४० प ६०२५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको एनएल–०१ एडी ५५११ नम्बरको लहरीले ठक्कर दिँदा मोटरसाइकलमा सवार पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको तत्काल पहिचान खुलिनसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीले लहरी र चालक भारतको उत्तर प्रदेश मिर्जयापुर बस्ने ४२ वर्षीय दिनेशकुमार दासलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अपडेट : दुर्घटनामा मोटरसाइकल चालक धरान उपमहानगरपालिका–११ का अन्दाजी २० वर्षीय टार्जन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया