इटहरीमा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

मंगलबार, ११ मंसिर २०८१
इटहरी : इटहरीमा बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक २७ गते सुनसरी जिल्ला अदालतको आदेशले पक्राउ पुर्जी जारी गरेर फरार रहेका पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका ५ बस्ने ३७ वर्षीय गणेश श्रेष्ठ रहेका छन् । बैंकिङ कसुर शीर्षकको फरार प्रतिवादी रहेका श्रेष्ठलाई इलाका प्रहरी कार्यालय इटहरीबाट सादा पोसाकमा खटिएको प्रहरी नायब निरीक्षक दिपेश भण्डारी नेतृत्वको टोलीले पक्राउ गरेको हो । उनलाई आज (मंगलबार) बिहान ८ बजे पक्राउ गरिएको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार