मोरङ : नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले वर्तमान गठबन्धन सरकारप्रति आफूहरू इमानदार रहने उल्लेख गरेका छ्न् ।
ग्रामथान गाउँपालिका अध्यक्षको निर्वाचनमा बुधबार मोरङ आएका थापाले नेपाली काङ्ग्रेसको चुनावी अभियानलाई सम्बोधन गर्दै चुनावमा प्रतिस्पर्धा एमालेसँगै रहेको बताए ।
माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चकचकीका कारण वर्तमान गठबन्धन बनेको उनले बताए ।
महामन्त्री थापाले भने, ‘चुनावमा हाम्रो प्रतिस्पर्धी एमाले नै हो । तर हामी प्रचण्डको चकचकीले गर्दा एक भएका छौं । हामी काम गर्ने ठाउमा स्थिरताका साथ पुगेका छौ ।’
महामन्त्री थापाले ग्रामथानमा हुने उपनिर्वाचनमा काङ्ग्रेसका उम्मेदवार बलराम सरदारलाइ जिताउन आग्रह गरे । ‘बलराम सरदार जस्तो इमानदार, शालीन मान्छे ग्रामथानबासीले गुमाउनु हुन्न । उहाँले गर्ने प्रतिबद्धताको जिम्मा काङ्ग्रेसले लिन्छ,’ उनले भने ।
महामन्त्री थापाले आगामी निर्वाचनमा काङ्ग्रेस जनतामा जाँदा गरेका कामको रिपोर्ट कार्डसहित जनतामा जाने दाबीसमेत गरे ।
खासगरी ग्रामथानको अध्यक्षमा यसअघि २०७९ मा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । तर, उनको गत असार ३ गते उनको निधन भएपछि आगामी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया
लेखकको बारेमा
खेमराज सापकाेटा
सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया