धरान : धरान प्रवेशद्धार विश्वकर्मा मन्दिरअघि जंगल क्षेत्रको सडकलाई सिसि क्यामेराले निगरानी गर्ने भएकोछ ।
बुधबार पूर्वाञ्चल यातायात व्यवसायी र कोशी बस व्यवसायी संघले दुइवटा सिसि क्यामेरा जडान गरिदिए पछि उक्त सडकको निगरानी हुने भएको हो ।
करिब ५० हजार रुपैयाँ लागत रहेको दश एक्स जुमको आइपी क्यामेराले मन्दिरदेखि दक्षिण र उत्तर तर्फको निगरानी गर्ने छ भने त्यसको कन्ट्रोल जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले गर्नेछ ।
सवारी दुर्घटनाको अनुसन्धान र अपराध नियन्त्रणमा सहयोग पु¥याउने उदेश्यले दुईवटा व्यवसायी संघहरू मिलेर सिसी क्यामेरा जडान गरिएको पूर्वाञ्चल यातायात व्यवसायी संघका अध्यक्ष तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश अध्यक्ष सरोज श्रेष्ठले बताए ।
सिसी क्यामेरा जडान भएपछि ट्राफिक व्यवस्थापनसँगै सवारी दुर्घटना न्युनीकरण र अनुसन्धानको काममा सहजता पुग्ने जिल्ला ट्रफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक विरेन्द्रसिंह थापाले बताए ।
सिसी क्यामेरा जडानका क्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, धरान उपमहानगरका उपप्रमुख आइन्द्रविक्रम बेघा, धरान ८ का अध्यक्ष धनबहादुर राई, इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रकाश जबेगुलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया