काठमाडौं : कीर्तिपुर नगरपालिकामा ६८.६६ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगको विवरण अनुसार ३१ हजार ११२ मतदातामध्ये २१ हजार ३६२ मत खसेको हो ।
कीर्तिपुरमा मेयर पदमा र वडा नम्बर १ र ४ को वडाध्यक्ष पदमा उपनिर्वाचन भएको थियो ।
कीर्तिपुरमा पहिले वडाध्यक्षको मतगणना हुनेछ । त्यसपछि मात्रै मेयर पदको मतगणना सुरु हुने छ । वडाको मतगणना सुरु गर्नुअघि ८ बजे सर्वदलीय बैठक बोलाइएको छ ।
मेयर पदको मतगणना भने आज नहुने आयोगले जनाएको छ ।
प्रतिक्रिया