काठमाडौं : कालिकोटको तिलगुफा नगरपालिका–४ को वडाध्यक्ष नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले जितेको छ ।
आइतबार भएको उपनिर्वाचनमा नेमकिपाका खड्गराज शाहीले १४३ मत ल्याएर वडाध्यक्ष जितेका हुन् ।
निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नैसोभा शाहीले ११५ मत ल्याएकी छन् ।
नेकपा एमालेका ऐनबहादुर शाहीले ७८ र कांग्रेसका पैलबहादुर शाहीले ५९ मत पाए । राप्रपाका गोगनबहादुर शाहीले १७ र रास्वपाका गगन बलमे ५ मत प्राप्त गरे ।
प्रतिक्रिया