कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्णमान डंगोल निर्वाचित

सोमबार, १७ मंसिर २०८१
काठमाडौं : कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका छन् । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार डंगोल निर्वाचित भएका हुन् । आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार डंगोल ५ हजार ५०६ मतसहित विजयी भएका हुन् । दोस्रो भएको माओवादीका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत ल्याए । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ मत ल्याए । यसअघि ०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको मृगौलासम्बन्धी रोगबाट गत साउन १० गते निधन भएपछि कीर्तिपुरमा उपचुनाव भएको हो । कीर्तिपुरको वडा नम्बर १ र ४ को वडाध्यक्षमा कांग्रेसका उमेदवार नै निर्वाचित भइसकेका छन् ।  कीर्तिपुर-१ मा इच्छाकुमार महर्जन र कीर्तिपुर-४ मा राजेन्द्र बानियाँ विजयी भएका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार