नेपाल-चीनबीच भएका सहमति र समझदारीका ९ बुँदा केके हुन् ?

मंगलबार, १८ मंसिर २०८१
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच दुईपक्षीय भेटवार्ता भएपछि दुई देशका अधिकारीहरुले सहमति र समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । नेपाल सरकारको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार नौ विषयमा सहमति समझदारी पत्रमा हस्ताक्षर भएको छ । -टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान -नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र -नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान -थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल -विकास योजना सम्बन्धी समझदारी पत्र -आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र -नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान -स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र -नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र ग्रेट हल अफ दी पिपुलमा भएको दुई पक्षीय वार्ताले दुई देशको सम्बन्धलाई अझ उचाइमा लग्न सहयोग पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार