१७ वर्षीया सरिताको हत्यामा संलग्न तामाङ पक्राउ 

विहीबार, ०४ पुस २०८१
काठमाडौँ : काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० मा १७ वर्षीया सरिता तामाङको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई युवकलाई पक्राउ गरेको छ ।
धादिङको गजुरी गाउँपालिका–३ घर भएका २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
आरोपी काठमाडौँ–१४ स्थित खड्का गाउँबाट पक्राउ परेका हुन् । धादिङको गजुरी गाउँपालिका–४ घर भएर सतुंगल बस्ने सरिता तामाङ बुधवार डेरामा मृत भेटिएकी थिइन् । चन्द्रागिरि नगरपालिका–१० सतुंगल स्थित खरिबोटमा बस्ने तामाङ हराएको भनेर उनको दाजुले प्रहरीमा निवेदन दिएका थिए ।
आरोपीको साथबाट मृतकको मोबाइल बरामद गरिएको एसपी अधिकारीले जानकारी दिए । सरिता तामाङ नैकापस्थित विष्णुदेवी शिक्षा सदनमा १० कक्षामा अध्ययनरत थिइन् । हत्याको कारणबारे अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार