दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा

शुक्रबार, ०५ पुस २०८१
काठमाडौँ : साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतको आदेशपछि हाजिर जमानीमा आज रिहा गरिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सारङ्गा सुवेदीको संयुक्त इजलासले निजलाई रिहा गर्न आदेश दिएको हो । उक्त आदेशअनुसार प्रसाईँलाई हाजिर जमानीमा उपस्थिति हुने गरी छाडिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीं का प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । प्रसाईँमाथि अनुसन्धान भने जारी रहेको छ ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार