धरान एक्स्पो पुस २५ गते देखि

आइतबार, ०७ पुस २०८१
धरान । धरानमा सुस्ताएको बजारलाई चलायमान बनाउने, आर्थिक गतिविधि, उद्योग व्यवसाय विकाश र विस्तारमा गर्ने उद्देश्यका साथ धरान एक्सपो- २०८१ हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै सुनसरि उद्योग वाणिज्य सङ्घको आयोजनामा पौष २५ गते देखि माघ ५ गते सम्म हुने आयोजकले जनाएको छ । एक्स्पोमा १ सय ४२ वटा स्टल रहने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । एक्स्पोमा कोशी प्रदेशका १४ वटै जिल्लाका व्यापारी व्यवसायी तथा सर्वसाधारणहरूले अवलोकन गर्ने तथा १० करोड बराबरको कारोबार हुने श्रेष्ठले बताए । एक्स्पोमा विविध व्यवसायीक, उद्यमी, कृषि क्षेत्र सबै क्षेत्रलाई पर्याप्त ठाउँ उपलब्ध गराइएको छ भने स्थानीय उत्पादन र त्यसको बजारीकरणको अनुभूति गराउन पनि सम्बद्ध कुराको प्रदर्शनीलाई समेत समेटेको आयोजकको भनाई छ । एक्सपोमा छिमेकी देश भारत, पाकिस्तान र बङ्गलादेशका समेत स्टल रहने छन् । पर्यटन, स्वास्थ्य, साहित्य सँग सम्बन्धी पनि स्टल रहेको आयोजकले बताएको छ । एक्स्पोमा पर्यटन, कृषि, स्वरोजगार सम्बन्धी, वित्तीय संस्था सँग गोष्ठी तथा प्रशिक्षण कार्यक्रम समेत रहेको सङ्घका महासचिव महेन्द्र प्रधानले बताए । एक्स्पोमा नेपालको कोशी प्रदेश सँगै देशभरबाट मात्र नभई भारत , पाकिस्तान , भुटान लगायतका ठाउँबाट दैनिक २० हजार मानिसले अवलोकन गर्ने सङ्घका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । धरानको व्यापारी, उद्यमी व्यवसायीमा आशाको सञ्चार गर्ने तथा धरानको व्यापारिक, व्यवसायीक शाख पुनर्जीवित गर्न एक्स्पोले योगदान पुऱ्याउने विश्वास आयोजकको रहेको छ । सङ्घले एक्स्पोलाई सफल बनाउन ५ सय १ सदस्य रहेको आयोजक समिति बनाएको छ । एक्स्पो स्थानीय सरकार धरान उपमहानगरपालिका, कोशी प्रदेश सरकार, सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घको सहयोगमा हुन लागेको हो । हरेक दिन राष्ट्रिय कालाकारहरूको साङ्गीतिक कार्यक्रम समेत रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

निशा राई
लेखकको बारेमा
निशा राई

सम्बन्धित समाचार