काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रको हस्तक्षेपले गर्दा प्रदेश राम्ररी चल्न नसकेको धारणा राखेका छन् ।
जनकपुर धाममा आइतबार पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले, केन्द्रले सङ्घीयताको मर्म नबुझेका कारण निजामती कर्मचारी ऐन, शिक्षा ऐन, प्रहरी ऐन लगायतका ऐनहाल सम्म बन्न नसकेको र यसमा आफू स्वयम पनि जिम्मेवार रहेको बताएका छन् ।
मधेश प्रदेश मात्र नभएर सात वटै प्रदेशमा यसले प्रभाव परिरहेको उनले धारणा राखेका छन् । यसमा काँग्रेस लगायत केन्द्रमा भएका सम्पूर्ण पार्टी उति नै जिम्मेवार रहेको उनले बताए ।
त्यस्तै, यसको समाधानका लागि जति सक्दो निजामती कर्मचारी ऐन, प्रहरी ऐन, शिक्षा ऐन ल्याउन आवश्यक रहेको उनले बताए ।
तत्काल यी ऐन नल्याए प्रदेश नचल्ने उनको भनाई छ । सिडियोलाई प्रदेशको गृहमन्त्रीले चलाउन नसक्ने अवस्था रहेकोले नियम कानुन बनाएर दिन आवश्यक रहेको उनले औँल्याए ।
डा. कोइरालाले यसमा केन्द्र बसेको आफूलगायत सम्पूर्ण पार्टी दोषी रहेको स्वीकार गरे ।
प्रतिक्रिया