काठमाडौँ । एमालेबाट निष्काशनमा परेका डा. भीम रावलले आगामी पुस १७ गते नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।
बुधबार दिउँसो १ बजे पार्टी घोषणा गर्नेगरी पत्रकार सम्मेलन आयोजनाको तयारी गरिएको रावलले बताए ।
रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् ।
रावलले आज नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेट गरेका छन् ।
प्रतिक्रिया