सर्वोच्चले हितेन्द्रदेव शाक्यको माग अस्वीकार, अन्तरिम आदेश दिन इन्कार

शुक्रबार, २१ कार्तिक २०८२

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सर्वोच्च अदालतले राहत दिन अस्वीकार गरेको छ।

प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीबाट हटाइएपछि शाक्यले सो निर्णय गैरकानुनी भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। तर न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासले शुक्रबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

सर्वोच्चले शाक्यको रिटमाथि प्रारम्भिक सुनुवाइपछि मंसिर ९ गतेका लागि अर्को पेशी तोकेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार