इटहरीमा बम फेला, डिस्पोज गर्ने क्रममै पड्क्यो

मंगलबार, १६ पुस २०८१
इटहरी : इटहरीमा बम फेला परेको छ । नेपाली सेनाले डिस्पोज गर्ने क्रममा बम आफैँ पड्किएको छ । इटहरी ६ स्थित उपमहानगरपालिका गेट अगाडि प्लाष्टिकमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोली डिस्पोज गर्न आएको थियो । बम पड्किएपनि प्रहरीले भने त्यो बम हो कि होइन भनेर पड्काउनका निम्ति टेष्ट गरिएको जनाएको छ । ‘बम पड्किएको भएपनि त्यो बम हो कि होइन भनेर पड्काउनका लागि टेष्ट गरिएको हो,’ ती प्रहरी अधिकृतले भने, ‘इटहरीमा प्लाष्टिकको झोलाभित्र कुकर भेटिएको छ ।’ जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमन तिम्सिनाका अनुसार बम भेटिएको भन्दै प्रहरीलाई सूचना आएको थियो । प्रहरीकाअनुसार सुनसरीको तीन ठाउँमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो । इटहरी उपमहानगरपालिका कार्यालयको गेट नजिकै, सुनसरी र मोरङको सिमानामा पर्ने बूढी खोलाको पुल नजिकै र धरानको भोटे पुल नजिकै शंकास्पद बस्तु फेला परेको प्रहरीलाई सूचना आएको थियो । कालो झोलामा राखिएको शंकास्पद वस्तुलाई निष्क्रिय बनाउन नेपाली सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा खटिएको छ । अहिले घटनास्थमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ । कुन बम हो भन्नेबारे यकिन भइनसकेको एसपी तिम्सिनाले जानकारी दिए । यो पनि – इटहरीमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार