भीम रावलले आज पत्रकार सम्मेलन गर्दै, के राख्लान् पार्टीको नाम ?

बुधबार, १७ पुस २०८१
काठमाडौं । नेकपा  एमालेबाट निष्कासनमा परेका नेताडा. भीम रावलले आज पत्रकार सम्मेलन गर्दै छन् । बुधबार दिउँसो एक बजे काठमाडौंको कार्की बैन्क्वेटमा रावलले आफ्नाभावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेका हुन् । रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि नेता रावल नयाँ पार्टी गठनको तयारीमा जुटेका छन् । गत सोमबार बिहान मात्रै उनले नेपाली कांग्रेस (बीपी) का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर देशभक्त समाजवादी पार्टी बनाउने प्रस्ताव राखेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार