राहुल गान्धीको सांसद पद खारेज

शुक्रबार, १० चैत्र २०७९
काठमाडौँ। चार वर्ष पुरानो मानहानीको घटनालाई लिएर कंग्रेस नेता राहुल गान्धीविरुद्ध भएको सजायको एक दिनपछि शुक्रबार उनको लोकसभाको सदस्यता रद्द गरिएको छ । लोकसभा सचिवालयले एक सूचना जारी गर्दै यस्तो जनाएको बीबीसी हिन्दीमा समाचार छ । यसअघि बिहीबार राहुललाई सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको घटनामा २ वर्षको सजाय सुनाएको थियो । अदालतले गान्धीलाई १५ हजार जरिवाना पनि तोकेको छ । तर उनलाई फैसलाविरुद्ध अदालतमा अपिल गर्नका लागि एक महिनाको समय दिइएको छ । सन् २०१९ मा गान्धीले मोदी थरलाई लिएर एउटा टिप्पणी गरेका थिए । मुद्दाको सुनुवाइ भइरहेका बेला राहुल सुरत अदालतमा उपस्थितसमेत थिए । राहुलले कथित रूपमा एक बयानमा 'किन सबै चोरका थर मोदी छ ?' भनेको आरोप लागेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार