‘युवा लक्षित क्षमता अभिवृद्धिका कार्यक्रम नहुँदा विदेशिनेको संख्या बढ्यो’

मंगलबार, २३ पुस २०८१
काठमाडौं : नेपाल सरकारको पूर्वसचिव खेमराज नेपालले मुलुकभित्रै बस्ने वातावरण नहुँदा लाखौं युवाहरु बाहिरिनुपरेको बताएका छन् । मंगलबार काठमाडौंमा क्षमता अभिवृद्धि सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले क्षमता विकासको विषय एकदमै पेचिलो भएको भन्दै क्षमता विकासको काम नहुँदा हजार व्यक्तिहरू विदेश गइरहेको बताए । उनले भने, ‘विगत २० वर्ष देखिको तथ्यांक हेर्ने हो भने केही न केही हजार व्यक्तिहरु विदेश जाने गरेको देखिन्छ । मुलुकभित्रै बस्नको लागि उनीहरुलाई केही सिकाएको भए वास्तवमा उहाँहरुले मुलुक बनाउने काम पनि गर्नु हुन्थ्योहोला । त्यसकारण क्षमता विकासको जुन विषय छ यो एकदमै पेचिलो छ ।’ यसको साथै उनले सरकारी अभिलेखहरु सामान्य नेपालीहरूले नबुझ्ने खालको हुने भन्दै सामान्य भाषामा हुने हो भने सबैको फाइदा लिन सक्ने बताए । उनले भने, ‘सरकारले मानव विकासमा धेरै खर्च नगरेको कारण दुःख पाएर जाने र कम पैसा मुलुकमा ल्याउनुपर्ने अवस्था छ । सरकारले नीति त बनाएको छ तर यसरी बनाएको छ कि तपाईँ हामीले बोल्ने भाषामा बनाएको छैन । जुन भाषामा बनाएको छ त्यो भाषा तलको मान्छे बुझ्ने खालको छैन । सरकारी अभिलेखहरु सामान्य नेपालीहरुले नबुझ्ने खालको हुन्छ । सबैले बुझ्न सक्ने भएको भएर सबैको फाइदा लिन सक्ने अवस्था हुन्थ्यो होला ।’

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार