कोशीमा सवारी चालक तथा सह–चालकहरूको स्वास्थ्य परीक्षण, ११ जना चालकले लागूपदार्थ सेवन गरेको पुष्टि

मंगलबार, २३ पुस २०८१
इटहरी : मोरङको बूढीगंगा गाउँपालिका ४ स्थित कोशी लोकमार्गमा सवारी चालक तथा सह–चालकहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मंगलबार कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईज)राजन अधिकारीको प्रमुख आतिथ्यता तथा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि सवारी चालक तथा सह–चालकहरूको स्वास्थ्य परीक्षण तथा लागूपदार्थ सेवन जाँच गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी अधिकारीले सवारी साधनले मानिसको दिनचर्यालाई सहज बनाउन अति आवश्यक भएको भएपनि सवारी साधनबाट हुने दुर्घटना ठूलो चुनौतीको रूपमा रहेको बताए । विविध कारणबाट हुने सवारी दुर्घटनाहरूमध्ये सबैभन्दा बढी चालकको लापरबाहीको कारणबाट भएको तथ्यांकले देखाउने बताउने उनले बताए । तीमध्ये कतिपय दुर्घटनाहरू चालकको स्वास्थ्य अवस्था कमजोर भएर पनि हुने गरेको उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र बूढीगंगा गाउँपालिका तथा विराट टिचिङ अस्पतालको सहकार्यमा सञ्चालन भएको स्वास्थ्य शिवरमा ५० जना सडक प्रयोगकर्ता, ५५ जना चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमा ११ जना सवारी चालकहरूले लागूपदार्थ सेवन गरेको पुष्टि भएपछि आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिइएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरे, विभिन्न सुरक्षा निकायका प्रमुखहरू स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार