हामीसँग भएको स्रोतलाई अधिकतम प्रयोग गर्नुपर्छः मन्त्री खड्का

बुधबार, २४ पुस २०८१
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले हामीसँग भएको स्रोतलाई अधिकतम प्रयोग गर्नुपर्ने बताएका छन् । बुधबार विद्युत नियमन आयोगको डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डिएमएस) शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री खड्काले हामीसँग भएको स्रोतलाई अधिकतम प्रयोग र परिचालन गर्न नसके सम्पन्न देश बन्न नसक्ने बताएका हुन् । उनले भने , ‘हाम्रो के उपाय छ र ? गरिब देश हामीसँग भएको अधिकतम स्रोतलाई प्रयोग र परिचालन नगर्ने हो भने हामी कसरी सम्पन्न हुन सक्छौँ ? जे नकारात्मक टिकाटिप्पणी आउँछन् त्यसलाई चिरेर स्रोतलाई अधिकतम प्रयोग गरेर अगाडि बढ्नुपर्छ ।’
यसैगरी उनले विद्युत् क्षेत्रमा देखिएका समस्या सरकार र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्ने बताए । उनले अलमलिएका कुराहरूलाई निराकरण गरेर प्रविधिमैत्री वातावरण बनाउनुपर्ने बताए । उनले काम गर्ने शिलशिलामा सञ्चार माध्यमहरूमा गलत समाचार सम्प्रेषण भएकोमा आफ्नो ध्यानाकर्षण समेत भएको बताए ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार