काठमाडौं । बागमती प्रदेशका कप्तान सन्दीप लामिछानेले जय ट्रफी मेन्स एलिट कपमा एकै इनिङमा सर्वाधिक ओभर बलिङ गर्ने कीर्तिमान राखेका छन् ।
जनकपुरमा जारी आफ्नो दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मीविरुद्ध सन्दीपले २२ ओभर बलिङ गरेका हुन् । यसअघि आर्मीविरुद्ध नै नेपाल पुलिसका ललितनारायण राजवंशीले २० ओभर बलिङ गरेका थिए ।
आर्मीले पहिलो इनिङमा तोकिएको ६० ओभर खेलेर ५ विकेट गुमाएर २ सय ७६ रन बनाएको छ । जवाफी ब्याटिङमा उत्रिएको बागमतीले ४ ओभरमै चौकाको वर्षा गर्दै विनाविकेटको क्षतिमा ३२ रन जोडिसकेको छ ।
प्रतिक्रिया