सर्लाहीमा भारतका १५ वर्षीय बालक बन्धक, अपहरण आरोपमा हातहतियारसहित तीनजना पक्राउ

सोमबार, २९ पुस २०८१
सर्लाही : सर्लाहीमा भारतका १५ वर्षीय बालक बन्धक भएका छन् । बालकलाई सर्लाही प्रहरीले सकुशल उद्धार गरेको छ । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ स्थित रामजी साहको घरबाट बालकलाई उद्दार गरेको हो । घटनामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । अपहरण आरोपमा तीनजनालाई हातहतियारसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा घर धनी ब्रम्हपुरी गाउँपालिका–४ का ६८ वर्षीय रामजी साह, स्थानीय १९ वर्षीय बिक्रम पासवान र बिहार राज्य जिल्ला सितामढी राजवाडा ग्रामपंचायत मुसहर्निया टोल बस्ने २७ वर्षीय प्रवचन साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता, डीएसपी दीपक श्रेष्ठका अनुसार उनीहरूबाट प्रहरीले कटुवा पेस्तोल १ थान, गोली २ राउण्ड, मोबाइल १ थान, धारिलो चक्कु १ थान, हथौडा १ थान र बी.आर. ०६ बीटी २८५० नम्बरको मोटरसाइकल बरामद गरेको छ । बालकलाई सुरक्षित रूपमा उद्दार गरी परिवारको जिम्मा लगाएको उनले बताए । पक्राउ पर्नेकालाई अपहरण, शारीरिक बन्धक तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा जिल्ला अदालत मलंगवाबाट सात दिनको म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार