शुक्रबारका लागि सर्यो विपक्षी दलको संयुक्त पत्रकार सम्मेलन

विहीबार, ०३ माघ २०८१
काठमाडौँ : विपक्षी दलहरूले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । हिजो बसेको विपक्षी दलको संयुक्त बैठकले आज पत्रकार सम्मेलन गर्ने निर्णय गरेको थियो । कार्यदलले ड्राफ्टलाई अन्तिमरूप दिन बाँकी रहेकाले सम्मेलन भोलि दिउसो ३ बजेका लागि सारिएको नेसपाका अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए । विपक्षी दलको हिजोको बैठकले वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसाल सम्मिलित २ सदस्यीय कार्यदल बनाएर विपक्षीहरूको साझा धारणाको ड्राफ्ट तयार गर्ने जिम्मेवारी दिएको थियो । यो कार्यदलले ड्राफ्ट तयार गर्न समय लगाएपछि आजको पत्रकार सम्मेलन स्थगित भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार