सुनसरी : जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय स्थलमा हिउँद यामसँगै वनभोज खान आउनेको लर्को लाग्न थालेको छ ।
अर्ना र चराका लागि प्रसिद्ध कोशी टप्पु वन्यजन्तु आरक्षसहित बर्जू ताल, ६४ बिघा, अन्य तालतलैया लगायतका स्थानमा वनभोज खान आउनेको लर्को लाग्न थालेको हो ।
पूर्वाधार निर्माणसँगै यातायात सुविधा पुगेपछि वनभोज खान आउनेको सङ्ख्यामा वृद्धि भएको स्थानीय मिथिलेश यादवले बताए । कोशीटप्पु वन्यजन्तु आरक्ष र बर्जू तालमा बिदाका दिन पाँच देखि १० समूहसम्म वनभोजका लागि आउने गरेका छन् ।
यहाँका सबै वनभोज स्थलमा पानीको सुविधा पुर्याइएको छ । मनोरम दृश्य हेर्न सकिने र व्यवस्थितसमेत भएकाले वनभोजका लागि आकर्षक थलो बनेको स्थानीय व्यवसायी कृष्ण श्रेष्ठको भनाइ छ ।
वनभोज खान आउनेलाई ध्यानमा राखी खानेपानी, शौचालय र प्रतीक्षालयसमेत निर्माण गरिएको छ ।
कोशी टप्पुमा वनभोजसँगै विभिन्न चराको अवलोकन गर्नुका साथै अर्ना, हात्ती जस्ता जङ्गली जनावरसमेत अवलोकन गर्न आउने गरेको आरक्ष क्षेत्रका स्थानीयवासी बताउँछन् ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया