धनकुटा । १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ परेका छन् ।
धनकुटाको चौबिसे गाउँपालिका ५ बोधे बस्ने २६ वर्षीय सुजन खतिवडालाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत मंसिर २८ गते साँझ करिब ७ बजे ललाइफकाइ नजिकको खेतमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीमा जाहेरीमा उल्लेख छ ।
सुजनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजा रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया