अमेरिकाको आँधी प्रभावित राज्य मिसिसिपीमा आपतकाल घोषणा

आइतबार, १२ चैत्र २०७९
अमेरिकी राष्ट्रपति जो बाइडनले आँधीबाट प्रभावित भएको राज्य मिसिसिपीमा आपातकाल घोषणा गरेका छन् । आँधीका कारण मिसिसिपीमा २५ जना र अलाबामामा १ जनाको ज्यान गएसँगै उनले आइतबार त्यस राज्यभर आपातकाल घोषणा गरेका हुन् । त्यस्तै राष्ट्रपति बाइडेनले मिसिसिपी र अलाबामाका आँधी प्रभावित क्षेत्रमा राहत/उद्धार सहायता तत्काल प्रधान गर्न संघलाई आदेशसमेत दिएका छन् । शनिबार अमेरिकाको मिसिसिपी राज्य हुँदै अघि बढेको आँधीका कारण त्यहाँ मृत्यु हुनेको संख्‍या २६ पुगेको छ । शक्तिशाली आँधीका कारण सयौँ भवन क्षतिग्रस्त भएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार