खो–खो विश्वकपमा नेपाल उपविजेता

आइतबार, ०६ माघ २०८१
काठमाडौं : नेपाललाई हराउँदै भारतले महिलातर्फको खो–खो विश्वकपको उपाधि जितेको छ । नयाँ दिल्लीको इन्दिरा गान्धी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा नेपाललाई ७८–४० अंकले हराउँदै भारतीय महिला टोलीले पहिलो पटक खो–खो विश्वकपको उपाधि जितेको हो । महिलातर्फ नेपाल र भारत दुवैव अपराजित रहँदै फाइनल पुगेका थिए । दुई अपराजित टिमबीचको फाइनल भिडन्तमा भारतले बाजी मारेको हो । महिलातर्फ नेपाल समूह सी मा सबै चार खेल जित्दै अपराजित रहेर समूह सी को विजेताको रूपमा क्वाजटरफाइनलमा प्रवेश गरेको थियो । नेपालले समूहमा पहिलो खेलमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगलादेशलाई ८४–२४ ले पराजित गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार