इटहरी : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग ‘फेस गर्न नसकेको’ भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गुनासो पोखेका छन् ।
मंगलबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका उनलाई प्रधानमन्त्रीले समय नदिएपछि गुनासो पोखेका हुन् ।
मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘केपी ओलीले फेस गर्न सकेनन्, मलाई।’
खानेपानीको समस्याबारे जानकारी गराउन भन्दै उनी सोमबार रित्तो गाग्रो बोकेर काठमाडौं पुगेका थिए ।
प्रतिक्रिया