सलमान खानलाई धम्क्याएको आरोपमा युवक पक्राउ

सोमबार, १३ चैत्र २०७९
काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिएका एकजना युवा पक्राउ परेका छन् । ती युवकले इमेलबाट उनलाई मार्ने धम्की दिएको भारतीय प्रहरीले जनाएको छ । अभिनेता खानलाई धम्की दिएको आरोपमा जोधपुरबाट २१ वर्षीय राम विश्नोईलाई मुम्बई प्रहरीले पक्राउ गरेको हो । मुम्बई प्रहरीले राजस्थान प्रहरीसँग मिलेर गरेको संयुक्त अपरेसनमार्फत जोधपुरबाट २१ वर्षीय विश्नोई पक्राउ परेका हुन् । मुम्बई प्रहरीको अनुसन्धानपछि आरोपितलाई पञ्जाब प्रहरीसमक्ष सुम्पिइने जनाइएको छ । सलमान खानलाई केही दिनअघि इमेलमार्फत उनले धम्की दिएको आरोप छ । इमेलमा भनिएको थियो– ‘तिम्रो हालत पनि सिद्धू मूसेवालाको जस्तै हुनेछ ।’ धम्कीपछि उनको घरको बाहिर सुरक्षा व्यवस्था कडा बनाइएको छ भने अवस्था ठिक नभएको भन्दै फयानहरुलाई नभेट्न पनि प्रहरीले सलमानलाई सुझाव दिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार