शान्ति सुरक्षाको क्षेत्रमा सशस्त्र प्रहरीको योगदान महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की

बुधबार, ०९ माघ २०८१
 इटहरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद् र शान्ति सुरक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको बताएका छन् । आज सशस्त्र प्रहरी बल नेपाल नम्बर एक बाहिनी मुख्यालय पकली इटहरीमा २४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सशस्त्रको गौरव गाथा स्मरणीय रहेको बताएका हुन् । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बोडरपोस्ट र कतिपय ठाउँमा भवनहरू नभए पनि सीमा सुरक्षामा खेलेको भूमिका अविस्मरणीय रहेको उनले बताए । कोरोनाकलामा सीमा क्षेत्रमा र विपद् आउँदा अग्र भागमा खेलेको भूमिकाले सशस्त्र प्रहरी बल महत्त्वपूर्ण रहेको छ । कार्कीले भने सीमित स्रोत साधनबिच सीमा सुरक्षा गरेर राजस्व वृद्धि गर्न र विपत व्यवस्थापन काम गरेको भन्दै कार्कीले प्रशंसा गरे । काहीँ विपद् भयो भने सशस्त्र प्रहरी छ यसले काम गर्छ भनेर ढुक्क हुने अवस्था रहेको उनले बताए । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले ५२ वटा बोडर पोस्ट निर्माण गरेको जानकारी दिँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । दुई ठुला देश रहेको र भारतसँग खुला सीमा रहेको आपसी समन्वय गरेर काम गर्दै देशले लाभ लिन सक्नु पर्नेमा कार्कीले जोड दिए । कार्यक्रममा सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआइज) शम्भु सुवेदीले धन्यवाद मन्तव्य व्यक्त व्यक्त गर्दै सशस्त्र प्रहरीले विभिन्न आरोह अवरोह पार गर्दै जनताको सेवा गर्दै यहाँ आइपुगेको बताए । यस्तै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनिष थापाले सशस्त्र स्वागत मन्तव्य राख्दै सशस्त्र प्रहरीले गरिरहेको कामका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा विभिन्न व्यक्ति र प्रहरीलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार