प्रहरी जवानले आफैंमाथि चलाए गोली

बुधबार, ०९ माघ २०८१
कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवानले आफैंमाथि गोली चलाएका छन् । महेन्द्रनगरस्थित सुदूरपश्चिम प्रदेश प्रहरीको विपद् व्यवस्थापन शाखामा कार्यरत प्रहरी जवान वकिल विष्टले बुधबार साँझ आफैंमाथि गोली चलाएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार डिउटीमा रहेका विष्टले साँझ सवा ८ बजेतिर आफैंले बोकेको एसएलआरले गोली हानेका हुन् । उनको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । यसबारे थप अनुसन्धान भइरहेको जोशीले जनाए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार