मधेश प्रदेशसभा अगाडि मुख्यमन्त्री सिंहको पुत्ला दहन

विहीबार, १० माघ २०८१
जनकपुर । जनकपुरधामस्थित मधेश प्रदेश सभा भवन अगाडि मुख्यमन्त्री सतीस कुमार सिंहको पुत्ला दहन गरिएको छ । बुधवार प्रदेश सभामा प्रस्तुत गरिएको कामकाजको भाषा सम्बन्धी विधेयकमा विभेद गरेको भन्दै जनकपुरधामका युवाहरूले मुख्यमन्त्री सिंहको पुत्ला दहन गरेका छन् । मगही भाषालाई उपेक्षित गरेर विधेयकमा स्थान नदिएको भन्दै युवाहरूले विरोध जनाएका छन् । चार लाख भन्दा बढी बोलिने भाषालाई विधेयकमा नराखिएकोमा उनीहरूले आक्रोश व्यक्त गरेका हुन् । मधेश प्रदेश सरकारले विधेयक नसच्याए झन् बढी विरोध गर्ने र भाषा र पहिचानको लागि लडिरहने बताए । विरोध प्रदर्शनमा युवाहरूले पहिचानवादी सरकार मुर्दावाद, मुख्यमन्त्री राजीनामा दे, मुख्यमन्त्री मुर्दावाद, शिक्षामन्त्री मुर्दावादका नारा लगाएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार