सिरहामा ज्येष्ठ नागरिकहरूलाई फाइबर सिरक वितरण

शुक्रबार, ११ माघ २०८१
सिरहा । सिरहाको गोल बजार नगरपालिका वडा नम्बर –७ ले जाडोलाई लक्षित गर्दै ज्येष्ठ नागरिकहरूलाई फाइबर सिरक वितरण गरेको छ । वडा कार्यालयले वडाभित्रका तीन सय १५ जना एकल महिला, विधवा, दलित महिला, अपाङ्ग र ज्येष्ठ नागरिकका लागि लक्षित गरी सिरक प्रदान गरेको वडा अध्यक्ष हरि हरिशरण ठाकुरले जनाएका छन् । तीन लाख रुपैयाँको बजेटबाट वडाभित्रका तीन सय १५ जना ज्येष्ठ नागरिकलाई फाइबर सिरक प्रदान गरिएको वडा अध्यक्ष ठाकुरले जानकारी दिए । वडा अध्यक्ष ठाकुर वडा सचिव र वडा सदस्यहरूले र संयुक्तरुपमा फाइबर सिरक हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार