राप्रपाको केन्द्रीय कार्य समितिको बैठकमा सरकारले गरेका कामबारे समीक्षा गरिँदै

शुक्रबार, ११ माघ २०८१
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । बैठक अगाडि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले लामो समय देखी बस्न नसकेको बैठक आज देखी प्रारम्भ भएको बताएका हुन् । आजको बैठकमा वर्तमान समसामयिक राजनीतिकबारे छलफल हुने बताइएको छ । साथै, पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र प्रतिपक्ष दलहरूसँगको सहकार्य लगायतका विषयमा छलफल गरिने अध्यक्ष लिङ्देनले बताए । उनले ठुला दुई दल मिलेर बनेको सरकारले अहिलेसम्म के के गरेको छ त्यसको बारेमा समेत समीक्षा गरिने बताए । उनले भने, ‘लामो समय देखी बस्न नसकेको बैठक आज प्रारम्भ हुँदैछ । यो बिचमा नेपाली कांग्रेस, नेकपा एमालेजस्ता दुई ठुला दल मिलेर सरकार बनेको पनि ६ महिना भन्दा बढी भइसकेको छ, यसको विषयमा पनि समग्र रूपमा समीक्षा गरिनेछ । यो बिचमा जनतामा आशा जागृत हुनुपर्ने हो त्यसको बदला जनतामा घोर निराशा पैदा भएको छ ।’ यसैगरी बैठकमा अर्थतन्त्र शिथिल र कमजोर भएकोबारे छलफल गरिनेछ । मंहगी चरम रूपमा बढेको छ, यति बेला निर्माण सामग्रीको मूल्य वृद्धि भएको छ यसको विषयमा पनि बैठकमा छलफल गरिने उनले बताए । राप्रपाले आज र शनिवार केन्द्रीय समिति बैठक गर्न लागेको हो ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार