विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले पाथीभरामा केबलकारको नाममा भइरहेको घटनामा चिन्ता व्यक्त गरेका छन् ।
विराटनगरमा भएको प्राकृतिक श्रोत व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कार्कीले प्रकृतिको संरक्षणमा लाग्नुपर्ने बताएका हुन ।
विकासका नाममा विनाश हुनु नहुने बताएका कार्कीले सबै कुरा पैसा सङ जोड्न नहुने कुरालाई जोड दिए । हामीले विकास मात्रै हैन त्यसको साइड इफेक्टका बारेमा पनि बुझ्नु जरुरी छ ।' उनले भने, 'पाथीभरा माताको शान्त वातावरणमा विकास नभई दोहन गर्दै छौँ ।'
कसैलाई खुसी बनाउनका लागि जे पनि गर्ने प्रवृत्ति त्याग्नुपर्ने कार्कीको भनाइ छ ।
प्रतिक्रिया