हिसान बास्केटबल : धरान उच्च, धरान मेघा, विश्व आदर्श, सुष्मा कलेज र विष्णु स्कुल विजयी

मंगलबार, १५ माघ २०८१
धरान : हिसान सुनसरीको ११ औँ स्पोर्टस् मिट अन्तर्गत मंगलवारदेखि हिसान बास्केटबल प्रतियोगिता सुरू भएको छ । सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीको प्रमूख आतिथ्यमा सम्पन्न उद्घाटन खेलमा महिलातर्फ धरान उच्च माविले धरान मेघा कलेजलाई १७–१६ अंकको झिनो अन्तरले पराजित गरेको छ । खेलमा धरान उच्च र धरान मेघाले प्रत्येक क्वाटरमा २–५, ७–४, २–४ र ६–३ अंक जोडेका थिए । प्रमुख अतिथि सुवेदीले रेफ्रिलाई बल हस्तान्तरण गरेपछि खेल सुरू भएको थियो । सोहि दिन भएको पुरुषतर्फको खेलमा मेघा कलेजले एम्स एकेडेमीलाई ६६–३६ अंकले पराजित गरेको छ । खेलमा मेघा कलेज र एम्स एकेडेमीले प्रत्येक क्वाटरमा १७–१६, ११–१०, २३–२ र १५–६ अंक जोडेका थिए । तेस्रो खेलमा सियोन स्कुलले सुष्मा गोदावारी स्कुल इटहरीलाई वाकओभर दिएपछि सुष्मालाई विजेता घोेषित गरिएको छ । चौथो खेलमा विश्व आर्दश इटहरीले पूर्वाञ्चल कलेजलाई २४–१२ अंकले पराजित गरेको छ । विश्व आर्दश र पूर्वाञ्चलले प्रत्येक क्वाटरमा ८–४, ६–१, १०–२ र ०–५ अंक जोडेका थिए । पाँचौं खेलमा विष्णु स्कुलले नास्ट कलेजलाई २२–१९ अंकले पराजित गरेको थियो । विष्णु र नास्टले खेलको प्रत्येक क्वाटरमा ५–५, ३–४, ७–० र ६–१० अंक जोडेका थिए । प्रतियोगिता व्यवस्थापन तथा प्राविधिक सहयोग सुनसरी बास्केटबल संघ र धरान बास्केटबल संघले गरेको छ । हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईको सभाध्यक्षमा भएको कार्यक्रममा नेपाल बास्केटवल संघका केन्द्रीय सदस्य रोशन राई, एम्स एकेडेमीका प्रिन्सिपल सन्तोष कोइराला लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिामा महिलातर्फ तीन र पुरुषतर्फ १० टिमले सहभागिता जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार